मंगलबार, जेठ १५, २०८१

कोरोना : पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १७ गते १७:२२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६ महिला र ६ जना पुरुषले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिए।

प्रवक्ता डा. गौतमकाअनुसार चितवनका ५५ र १८ वर्षीया महिला तथा ६५ वर्षीय पुरुष गरी तीन जना, काठमाडौँका ७० र ७५ वर्षीय पुरुष तथा ८९ वर्षीया महिला, ललितपुरकी ७० वर्षीया महिला, तनहुँकी २० वर्षीय महिला, कपिलवस्तुकी ६० वर्षीया महिला, बाराका ६५ वर्षीय पुरुष, भक्तपुरका ४० वर्षीय पुरुष र धादिङका ४७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको छ।

प्रतिक्रिया