बिहीबार, वैशाख १३, २०८१

कानून व्यवसायी प्रमाणपत्र निलम्बन

नेपालखोज २०७६ पुष २५ गते २१:३२

२५ पुष, काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले कानून व्यवसायीको आचारसंहिताविपरीत काम गरेको अभियोगमा एक अधिवक्ताको तीन महिना कानून व्यवसाय गर्न नपाउने गरी प्रमाणपत्र निलम्बन गरेको छ । परिषद्का सचिव रामहरि काफ्लेले आज जारी गर्नुभएको सार्वजनिक सूचनामा प्रमाणपत्र सङ्ख्या ४४९३ नम्बरका अधिवक्ता कृष्णबहादुर खत्रीको कानून व्यवसायी प्रमाणपत्र निलम्बन गरिएको उल्लेख छ ।

अधिवक्ता खत्रीले काठमाडौँे गोलढुङ्गा गाविस ५ बस्ने काबु पुतुवारको कानून व्यवसायी भई काम गर्दा मुद्दा मिलापत्र गराएबापत तीन आना जग्गा आफ्नो नाममा गरेको र उक्त मुद्दामा दोहोरो भूमिका खेलेको सूचनामा दावी गरिएको छ ।

त्यस्तै, परिषद्ले अर्का अधिवक्ता खगेन्द्रप्रसाद बोहरा ( प्रमाणपत्र ४३५८) ले कानून व्यवसायी हुँ भनेर आचारसंहिता विपरीत काम गरेको हुँदा पहिलो पटक नसिहत दिएको छ । परिषद्को अनुशासन समितिमा परेको उजूरीका आधारमा अनुसन्धान गरी सो कारवाही गरिएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया