शुक्रबार, वैशाख १४, २०८१

आफूमाथिको साढ़ेसाती र ढैया समाप्त गर्न आज शनिदेवको पुजा गर्नुस्, तपाईको आजको राशिफल

नेपालखोज २०७६ पुष २६ गते ७:०९

हिन्दु धर्म शास्त्रको अनुसार शुद्ध मनले प्रत्येक शनिवारको दिन व्रत राख्दा शनि अत्यंत प्रसन्न हुन्छन् । र यस्तो गर्ने व्यक्ति माथि उनको कुपित दृष्टि पर्दैन् । शनिको प्रभाव पनि सकिन्छ ।

नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेवसंग मनुष्य सबै भन्दा ज्यादा डराउ छन् तर शनि कसैको अहित गर्दैनन् । उनि ब्यक्तिहरुको कर्म अनुसार न्याय गर्छन् । शायद त्यसैले उनलाई न्यायाधीशको रूपमा पनि जानिन्छन् ।

शनिवारको दिन शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्त हुन्छ । यसको अलावा कुंडलीमा भएको कम्जोर शनिको प्रभाव पनि नाश भएर जान्छ भन्ने धार्मिक विश्वास छ ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । सफल र माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभपनि रहला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूतिपनि हुनेछ ।

प्रतिक्रिया