शुक्रबार, वैशाख १४, २०८१

नेपालका जेलमा करिब डेढ हजार विदेशी कैदीबन्दी

नेपालखोज २०७६ पुष २६ गते ९:४६

२६ पुष, काठमाडौँ । नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६ सय ७६ रहेको पाइएको छ । जसमध्ये एक हजार दुई सय ८३ जना विदेशी नागरिक रहेका छन् । विदेशी नागरिक भने ३१ वटा कारागारमा राखिएका छन् ।

विदेशी कैदीबन्दीको संख्याअनुसार सबैभन्दा धेरै लागूऔषध कारोबारमा संलग्न रहेका कैदीहरु छन् । प्रहरी मुख्यालयका अनुसार कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७ जना भारतीय नागरिक छन् । अधिकांश लागूऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रहेका कैदी छन् ।

भारतीयसँगै नेपाली कारागारमा भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मन, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्याण्ड, नाइजेरिया, साइबेरिया, भियतनाम, जापान, अष्ट्रिया, लगायतका नागरिक रहेको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले जानकारी दिनु भयो ।

प्रतिक्रिया