मंगलबार, वैशाख ११, २०८१

साता दिनदेखि कर्णाली प्रदेश सञ्चारबिहिन

नेपालखोज २०७६ पुष २६ गते ९:५१

२६ पुष, जुम्ला । कर्णाली प्रदेश अन्तर्गत पर्ने जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्ला सञ्चार बिहिन भएका छन् । निरन्तरको हिमपात र बर्षातसँगै कर्णालीमा नमस्ते मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो ।

डोल्पा, कालिकोट र जुम्लामा तीन दिनदेखि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । त्यसैगरि हुम्ला र मुगुमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ ।

बर्षात र हिमपात कारण घाम नलागेर सोलार चार्ज नभएको र चिसोले जेनेरेटर पनि नचलेकाले कर्णालीमा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रिय कार्यालय नेपालगञ्जले जनाएको छ ।

सोलार र जेनेरेटरले काम नगरेकै कारण जुम्ला–डोल्पा र जुम्ला–कालिकोट जिल्लाका सिमावर्ती क्षेत्रमा राखिएका रिपिटर टावरहरु बारम्बार अवरुद्ध हुने र सिंगो कर्णाली नै सञ्चारविहिन हुने गरेको छ ।

प्रतिक्रिया