शनिबार, वैशाख १३, २०८२

सुदूरपश्चिम प्रदेशले प्रादेशिक बस सेवा ल्याउँदै

नेपालखोज २०७६ पुष २६ गते १०:५०

२६ पुष, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक बससेवा सञ्चालनको तयारी गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राधिकरणमार्फत प्रादेशिक बस सेवा सञ्चालनको तयारी गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले दिगो रूपमा बससेवा सञ्चालन गर्न प्राधिकरण मार्फत सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । मन्त्रालयले बस सेवा सञ्चालनका लागि प्राधिकरण गठनको प्रारूप मस्यौदा तयार गरिरहेको जनाएको छ ।

प्रादेशिक यातायात तथा सडक पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टका अनुसार गठन आदेशको प्रारूप तयार भएपछि बस सञ्चालन गर्ने जिम्मेवारी प्राधिकरणको हुनेछ । उनले यसको विधि तयार गर्न अझै एक डेढ महिना लाग्ने बताउनु भएको छ ।

प्रतिक्रिया