बिहीबार, वैशाख १३, २०८१

ठेक्का प्रक्रिया नटुंगिदा साढे तीन अर्बको सडक आयोजना अलपत्र

नेपालखोज २०७६ पुष २७ गते ८:१९

२७ पुस, काठमाडाैं । क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का स्वीकृत गर्न नसक्दा सुदूरपश्चिमको अर्बौको अत्याधुनिक सडक निर्माण कार्यक्रम अलपत्र परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय र क्षेत्रीय सहरी विकास कार्यक्रमको ऋण दाता एसियाली विकास बैंकबीच कालोसूचीको प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का प्रक्रियामा रहेको रमण–पप्पु जेभीलाई ठेक्का दिने प्रक्रिया अन्योलमा परेको हो ।

ठेक्का लिएर वर्षौंदेखि काम नगरेको भन्दै हुलाकी सडक आयोजनाले रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राखेपछि सुदूरपश्चिमका चार नगरपालिकामा सडक विस्तारका योजना अगाडि बढ्ने आश गरिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया