बुधबार, वैशाख १२, २०८१

प्रदेश नं ३ को राजधानी हेटौँडा

नेपालखोज २०७६ पुष २७ गते १२:११

२७ पुस, काठमाडौं । आज बिहान बसेको ३ नं प्रदेशको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटौँडालाई गरेको प्रस्ताव दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभे्रको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत ग¥यो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाए ।

प्रतिक्रिया