शनिबार, जेठ ५, २०८१

चार अंकले बढ्दा ८२ करोड ९६ लाखको सेयर किनबेच

नेपालखोज २०७९ असोज २७ गते १५:३६

काठमाडौं । नेप्से पुन: उकालो लागेको छ । अघिल्लो दिन ११ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि पुन: चार दशमलव १५ अंकले बढेर १८ सय ७० दशमलव ६३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९५ अंकले बढेर तीन सय ६७ दशमलव १४ अंकमा चढेको छ ।

नेप्सेमा बिहीबार दुई सय २२ वटा कम्पनीहरुको १७ हजार एक सय ४५ पटकको कारोबारमा २६ लाख ९८ हजार तीन सय ४७ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ८२ करोड ९६ लाख ४६ हजार नौ सय २० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा जलबिद्युत समूहको सूचक दुई दशमलव ३५ अंकले घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९४ अंकले बढेर १३ सय आठ दशमलव २९ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि ३४ दशमलव एक अंकले बढेर तीन हजार चार सय २६ दशमलव ८५ अंकमा पुगेको छ ।

निर्जिवन बिमा समूहको सूचक पनि ३२ दशमलव ६१ अंकले बढेर सात हजार पाँच सय ३८ दशमलव ५३ अंंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि १५ दशमलव २३ अंकले बढेर आठ हजार सात सय ७१ दशमलव २२ अंकमा चढेको छ । यि बाहेक फाईनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय ६७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव ४५ प्रतिशतले घटेर सात रुपैयाँ ९५ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता सात सय ९६ रुपैयाँ अन्तिम मूल्यमा तीन करोड ४० लाख ३५ हजार दुई सय दुई रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया