बुधबार, असार ११, २०८२

विदेशको प्रलोभन देखाइ आफ्नै शिष्यसँग ठगी गरेको आरोपमा शिवानन्द स्वामी पक्राउ

नेपालखोज २०७६ पुष २८ गते १४:४९

२८ पुस, काठमाडौँ । शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना शिष्यलाई ठगी गरेको आरोपमा पमहानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनलाई पक्राउ गरेको हो ।

शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम ठगी गरेको आरोप उनि माथि छ । ४ जना शिष्यबाट विदेश बढाउने प्रलोभन देखाउदै रकम ठगी गरेकाले उनि विरुद्ध उजुरी गर्नु परेको उजुरीकर्ताले बताएका छन् । ४ जनाले उजुरी दिएको भएपनी पीडितको संख्या धेरै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर जुन देशमा पठाइ दिन्छु भनिएको हो त्यस देशसँग भण्डारीको सम्बन्ध रहेको ठोस आधार हालसम्म प्राप्त नभएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तन्त्रविद्याको विज्ञका रुपमा आफुलाई चिनाउने भण्डारीको टौदहमा समेत आश्रम रहेको छ ।

प्रतिक्रिया