बुधबार, वैशाख १२, २०८१

सके महाअभियोग लगाएर हटाउन उपसभामुख तुम्बाहाङ्फेको चुनौति

नेपालखोज २०७६ पुष २८ गते १७:३४

२८ पुस, काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले तत्काल पदबाट राजीनामा नदिने अडान लिएकी छन् । उनले नेकपाले सक्छ भने महाअभियोग लगाएर आफुलाई हटाओस होइन भने आफुले राजीनामा नदिने बताइन् ।

सोमबार एक सञ्चार माध्यमसँग कुरा गर्दै उनले पार्टीलाई चित्त नबुझे महाअभियोग लगाएर हटाउन चुनौति दिदै संविधान अनुसार अहिले आफुले प्रतिनिधिसभाको नेतृत्व गर्नुपर्ने भएकोले राजीनामा दिन नसक्ने स्पष्ट पारिन । सदन र राजनीतिक दललाई एउटै ठाउँमा राखेर नहेर्न उनको आग्रह छ ।

सञ्चार माध्यमसँगको अन्र्तवार्तामा उनले नेकपा सचिवालयले उपसभामुखको राजीनामा गराउने गरि गरेको निर्णयप्रति पनि असन्तुष्टी जनाएकी छन् । उनले आफु सभामुखको स्वभाविक हकदार भएको र योग्य समेत रहेको बताउँदै सत्तारुढ दलले नयाँ सभामुखको उम्मेदवार नतोकेसम्म आफुले पद छोड्न नमिल्ने तर्क समेत गरेकी छिन् ।

प्रतिक्रिया