मंगलबार, वैशाख ११, २०८१

निर्यात बढाउन व्यवसायीहरुलाई अर्थमन्त्री डा युवराज खतिवडाको आग्रह

नेपालखोज २०७६ पुष २८ गते १९:४६

२८ पुष, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको लगानीबाट मात्र मुलुकको समृद्धि सम्भव नभएकाले यसका लागि निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको बताएका छन् ।

नेपाल चेम्वर अफ कमर्श ७० वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन् । कार्यक्रम बोल्दै अर्थमन्त्री खतिवडाले सात दशकको अवधिमा चेम्बरले मुलुकको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रका तर्फबाट दह्रिलो सहयोगीको भूमिका निर्वाह गरेको छ ।

आर्थिक तथा व्यापारिक गतिविधि अभिवृद्धि, स्वदेशी उत्पादनको विश्वव्यापीकरण तथा व्यापार विस्तारका साथै मुलुकको ढुकुटीमा उल्लेख्य राजस्व वृद्धिमा चेम्बरको योगदान रहेको छ । “कानून निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त मात्रामा छलफल गरिएको छ, अपारदर्शी कानूनलाई पारदर्शी बनाइएको छ”, निजी क्षेत्रलाई विश्वासमा लिने आधार प्रस्तुत गर्दै उनले भने, “निजी क्षेत्रलाई हतोत्साही र निरुत्साहित गरेर मुलुकको समृद्धि सम्भव छ भन्ने हाम्रो निष्कर्ष होइन ।”

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन सरकारले भरमग्दुर प्रयत्न गरिरहेको उल्लेख गर्दै कानूनी सुधार र प्रक्रियागत झन्झटलाई अन्त्य गरिएको बताए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निकासी प्रवद्र्धनमा सरकारको ठोस् नीति र कार्यक्रमको अभाव, कच्चा पदार्थको अभाव, कमजोर पूर्वाधार सञ्जाल, प्रशासनिक झमेला, दक्ष जनशक्तिको अभावलगायत कारणले व्यापार घाटा न्यूनीकरणमा चुनौति थपिएको दावी गरे ।

प्रतिक्रिया