बुधबार, वैशाख १२, २०८१

ए डिभिजन लिगको अन्तिम खेलमा आज आर्मी र संकटा क्लब भिड्ने

नेपालखोज २०७६ पुष २९ गते ९:४६

२९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज मंगलबार छैटौं चरणको एक खेल हुँदैछ । आज हुने खेलमा आर्मी र संकटा क्लबले दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने छन् ।

पाँचौ चरणको अन्तिम खेलमा सरस्वती युथ क्लब विरुद्ध १–० को जितपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो पटक शीर्ष स्थानमा उक्लेको थियो । छैटौं चरणको ७ मध्ये ६ खेल सकिँदा भने आर्मी दोस्रो स्थानमा झरेको छ । ६ खेलबाट अपराजित रहँदै १३ अंक जोडेको मच्छिन्द्र शीर्ष स्थानमा छ ।

आज मंगलबारको खेलबाट फेरि एक पटक आर्मीलाई शीर्ष स्थानमा उक्लने मौका छ । संकटालाई पराजित गर्न सके आर्मीले मच्छिन्द्रलाई २ अंकले पछि पार्नेछ । बराबरी खेले पनि मच्छिन्द्रसँग आर्मीको अंक बराबरी हुनेछ ।

लिगको दोस्रो खेलमै मनाङसँग पराजित भएयता आर्मीले लगातार तीन खेल जितेको छ र तीनवटै खेलमा क्लिनसिट राख्न सफल भएको छ । यसले पनि आर्मी बलियो बन्दै गएको संकेत गर्छ ।

प्रतिक्रिया