मंगलबार, वैशाख ११, २०८१

‘बसकाण्ड’का दोषी प्रकाउ

नेपालखोज २०७६ पुष २९ गते १२:४५

२९ पुस, काठमाडौं । करिब एक वर्ष अगाढी सामाजिक सञ्जालमा ‘बसकाण्ड’ एकाएक चर्चामा आयो र जसरी चर्चामा आयो त्यसरी नै हरायो । उक्त ‘बसकाण्ड’ एउटा भिडियो हो जस भिडियोमा एक युवकले सार्वजनिक बसभित्र हस्तमैथुन गरेको दृष्य थियो । उनको बिर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो ।

चारैतिरबाट दाषीलाई प्रकाउ गर्न दबाब आउँदा पनि प्रहरीले दोषी पत्ता लाउन सकेको थिएन । भिडियोमा युवक र महिला दुवैको अनुहार भने नदेखिएकाले अनुसन्धान गर्न जटिल भएको प्रहरीले बताएको थियो । तर ढिलै भएपनि प्रहरीले सफलता हात पारेको छ । उक्त काण्डमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन कार्की भन्ने रविन रुचाल रहेका छन् । सोमबार साँझ चितवनबाट पक्राउ गरि उनलाई काठमाडौं ल्याइएको छ ।

प्रहरीकाअनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले अश्लील भिडियोहहरु अपलोड गरेर भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो काम गरेको बताएका छन् ।

उनको यो काण्ड भाइरल बनेपछि अपराधीलाई पत्ता लगाइ कारबाही गर्न विभिन्न निकायबाट प्रहरी प्रशासनलाइ दबाब आउन थाले पछि प्रकाउ पर्ने डरले २०१९ फेब्रुअरीमा भागेर भारत पुगेका उनले बताएका छन् । करिव ४ महिना बसेका उनी भारतबाट चितवन फर्किएका थिए ।

प्रतिक्रिया