बुधबार, वैशाख १२, २०८१

प्रदेश ५ मा माघी पर्वको आज र भोलि सार्वजनिक बिदा

नेपालखोज २०७६ माघ १ गते ८:३४

१ माघ, रुपन्देही । प्रदेश नम्बर पाँच सरकारले माघी पर्वको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिएको छ ।

प्रदेश पाँचका सबै १२ जिल्लामा माघी पर्व विशेषरुमा मनाउने थारु तथा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले प्रदेश सरकारले आज बुधबार र भोलि विहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

माघी पर्वको अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नै सरकारी निवास बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘सांस्कृतिक पर्वहरुले नै समाजलाई एकताबद्ध गराइ आर्थिक समृद्धिको दिशामा अग्रसर गराउँछ ।’

प्रतिक्रिया