शुक्रबार, वैशाख १४, २०८१

‘कांग्रेस र माओवादीले रास्वपालाई सरकारमा लान चाहेका छन्’

नेपालखोज २०७९ चैत १५ गते १७:५०

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् । 

बुधवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव सत्तारूढ दलहरू कांग्रेस र माओवादी केन्द्रको रहेको बताएका हुन् । सरकारमा जाने सम्बन्धमा संवाद भइरहे पनि अहिलेसम्म टुङ्गो नलागेको सांसद परियारकाे भनाइ छ ।

उनले भने ‘विश्वासको मत हामीले दिइसके पछाडि सामान्य अर्थमा सरकारमा रास्वपा जान्छ भन्ने नै हो । तत्कालै उपनिर्वाचन पनि आएको र विशेषगरी यो गठबन्धनमा आफैँपनि कुराहरू नमिलिसकेको अवस्था । हामी त गठबन्धनमा छैनौँ विश्वासको मत दिएपनि । हामी उपनिर्वाचनमा केन्द्रिकृत भइरहनुपर्ने भएको कारणले हामीले टुंग्याएको छैन ।’  

प्रतिक्रिया