शनिबार, वैशाख ८, २०८१

पाल्पाबाट ३५० क्वीन्टल तरुल निर्यात

नेपालखोज २०७६ माघ १ गते १३:५३

१ माघ, पाल्पा । माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्तिलाई तरुल खाने सङ्क्रान्तिका रुपमा पनि लिने गरिन्छ । शरीरको चिसो फालेर उर्जा दिनका लागि तरुल खाने गरिन्छ । यस वर्ष पाल्पा जिल्लाबाट मात्रै ३५० क्वीन्टल तरुल निर्यात भएको छ ।

जिल्लाको निस्दी गाउँपालिकामा दुई सय क्वीन्टल, पूर्वखोला गाउँपालिकामा एक सय क्वीन्टल र अन्य स्थानमा उत्पादित गरी करिव ३५० क्वीन्टल तरुल निर्यात भएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ठूलो परिमाणमा तरुल बाहिरी बजारमा निर्यात गर्न कृषक सफल भएका छन् । रैथाने बालीअन्र्तगत पर्ने तरुल खेतीलाई कृषकले व्यवसायिकरुपमा अझ अङ्गालेको भने पाइदैन ।

पाखो पखेरा बारीमा तरुल लगाएर कृषकले राम्रो आम्दानी गर्ने सम्भावना रहेकाले यहाँको भौगोलिक भूबनोट मिलेकाले उत्पादन अझ वृद्धि हुने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार रैथाने बालीअन्र्तगत पर्ने तरुल, कोदो, सखरखण्ड, फापर र बोडालगायतका रैथाने बाली प्रवद्र्धन कार्यक्रम जिल्लामा रहेकाले निस्दी गाउँपालिकाबाट यसवर्ष करिव दुई सय क्वीन्टल तरुल काठमाडौँ र बुटवललगायतका बजारमा निर्यात भएको कृषि शाखाका प्राविधिक सहायक खिमराज कोइरालाले बताए

प्रतिक्रिया