बुधबार, असोज २, २०८१

सारथी लघुवित्त साधारण शेयर निष्काशन गर्ने तयारीमा

नेपालखोज २०७६ माघ २ गते १५:४६

२ माघ, काठमाडौँ । चुक्ता पुँजी बढाउन सारथी र सत्यावती लघुवित्तले आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् । संस्थाको गत पुस २६ गते सम्पन्न साधारणसभाले चुक्ता पुँजी २० करोड पुर्याउने प्रस्ताव पारित गरेपछि आईपीओ निष्काशन गर्ने तयारी भएको हो । यि दुई अहिले मर्जरको तयारीमा छन् । मर्जर पश्चात संस्थाको नाम सारथी लघुवित्त बन्ने छ ।

चुक्ता पुँजी बढाउन तथा संस्थालाई राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न मर्जर तथा एक्विजिसन सम्बन्धि सम्पुर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

संस्थाका अनुसार उक्त साधारण शेयर यसै बर्ष निष्काशन गर्ने जनाएको छ । मर्जर पछि गत पुस ४ गतेबाट संयुक्त कारोबार थालेको हो ।

प्रतिक्रिया