मंगलबार, वैशाख ११, २०८१

आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने

नेपालखोज २०७७ भदौ २२ गते १२:२६

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको भदौ २२ गते विहान बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिद्वारा प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र वितरणयोग्य हुनेछ । यस कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म २८ करोड ५१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २२ रूपैयाँ ११ पैसा रहेको छ ।

प्रतिक्रिया