शुक्रबार, वैशाख ७, २०८१

आज देशभर वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने

नेपालखोज २०७६ माघ ३ गते ११:०५

३ माघ, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँलगायत दशैभर वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ । देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि परेको झरी आज शुक्रबार बिहानसम्म जारी छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै भैरहवामा ३९, दाङमा २७, वीरेन्द्रनगरमा २४, पोखरामा २३ र सिमरामा १८ मिलिमिटर पानी परेको छ । पानी पर्ने क्रम आज शुक्रबार साँझसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘दिउँसो भएपछि केहीबेर रोकिएर फेरि पानी पर्ने क्रम चल्नेछ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘भोलिमात्र यो प्रणाली कमजोर हुनेछ ।’ भोलिदेखि पानी पर्न रोकिए पनि केही दिन न्यूनतम तापक्रम घट्ने भएकाले जाडो बढ्ने उनले बताइन् ।

प्रतिक्रिया