मलेसियाबाट आज थप १८ शव ल्याउँदै
नेपालखोज
२०७७ असार १२ गते १३:११
काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव ल्याइने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको हो ।
आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत शव पनि ल्याउन लागिएको हो । यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ ।
त्यस्तै साउदीबाट भोलि बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव ल्याउने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा नेपालीका शव रोकिएका थिए ।
त्यहाँ समस्यामा परेको नेपालीको स्वदेश फिर्ती सुरु भएसँगै शव पनि आउन थालेका छन् । कतारले असार ६ गते २० जना नेपालीको शव कतार एअरवेजको चार्टर्ड उडानमार्फत पठाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया