बिहीबार, चैत १५, २०८०

व्यापार घाटाको ऋण तिर्न नसक्ने भएपछि त्रिशुलीमा हामफालेका हौ

नेपालखोज २०७६ माघ ३ गते १४:३३

३ माघ, काठमाडौं । विहीबार साँझ धादिङ्गको बेनीघाटको झोलुङ्गे पुलबाट दुई बच्चा सहित त्रिशुलीमा हाम फालेर आत्महत्या गर्न खोजेका मध्ये श्रीमान् विनय लामिछानेलाई प्रहरीले जिवीतै उद्दार गरेको छ । दुई बच्चा सहित आत्महत्या गर्ने निर्णण गरी खोलामा हामफालेका लामिछानेका दम्पत्ति दुई बालक वेपत्ता छन् भने विनयकी श्रीमती जमुननाको शव प्रहरीले नदी किनारामा फेला पारेको छ ।

पछिल्लो समयमा आत्महत्याको श्रृखला बढ्दै गईरहेको भएपनि आत्महत्या किन बढ्दै छ भन्ने तर्फ कसैले पनि चासो दिएको पाइँदैन । त्रिशुलीमा दुई वालक, श्रीमती सहित हामफालेर आत्म हत्या गर्दा प्रहरीले बचाउन सफल भयो विनय रेग्मीलाई ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार झोलुङ्गे पुलको वारी खाजा खाएर लामिछानेका श्रीमान श्रीमतीले आत्महत्या गर्ने निर्णय गरेको लामिछानेले बयान बताएको जानकारी दिए ।

प्रहरीको बयानमा विनयले भनेका छन्, ‘आफूहरुले गरेको व्यापार घाटा लागेको र ऋण तिर्न नसक्ने भएपछि विकल्पका रुपमा आत्महत्या गर्ने निर्णय गरेका हौं । ’ विगत लामो समयदेखि उनीहरुले कमोडिटी व्यापार गर्दै आईरहेका थिए । व्यापारमा पैसा डुवेपछि लिएको ऋण तिर्न नसक्ने भएका कारण आत्महत्या गरेका हौं लामिछानेले प्रहरीलाई बयान दिएका छन् । श्रीमान् श्रीमती दुवैले आत्महत्या गर्ने योजना बनाईरहँदा आफूसँग रहेका दुई बालकहरुको भविष्य समेत अन्धकार हुने देखेर उनीहरुलाई समेतसँग लिएर आत्महत्या गरेको लामिछानेले प्रहरीलाई बयान दिएका छन् ।

प्रतिक्रिया