बिहीबार, चैत १५, २०८०

शोभाकान्त ढकालको घरमा बम विष्फोटन पछि ठूला व्यापारीका घरमा समेत सुरक्षामा सर्तकता बढाउँदै

नेपालखोज २०७६ माघ ३ गते १५:४०

३ माघ, काठमाडौं । बुधबार राती काठमाडौंको स्वयम्भु स्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका भूमाफिया रुपमा चिनिएका शोभाकान्त ढकालको घरमा प्रतिवन्धित नेकपा माओवादी विप्लव समूहले बम विष्फोट गरेपछि राजधानीमा प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ । विप्लव समूहले केही उच्च पदका व्यक्तिहरु आफ्नो सूचिमा रहेको सार्वजनिक गरेपछि सुरक्षा विश्लेषणका आधारमा सिंहदरबार, बालुवाटार, संसद भवन, पुल्चोकस्थित मन्त्री निवास, नारायणहिटी संग्राहलय लगायत १८ ठाउँमा सुरक्षा सतर्कता बढाइएको नेपाल
प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महत्वपूर्ण सरकारी कार्यालय, उच्च सरकारी अधिकृतहरुको निवास, भारतीय राजदूतावास, अमेरिकी राजदूतावास र कपन हाईटमा रहेको भीआईपी बस्ने क्षेत्रमा सुरक्षा सतर्कता अपनाईएको हो ।

कहाँ कहाँ छ सुरक्षा ‘थ्रेट’

शोभाकान्त ढकालको घरमा बम विष्फोटन गराएपछि प्रतिवन्धित माओवादी विप्लव समूहले भूमाफिया, भ्रष्टाचारमा संलग्नहरु आफ्नो निशानामा रहेको बताएपछि प्रहरी त्यस्ता ठाउँमा सुरक्षा व्यवस्था कडा गरेको छ । जसमध्ये
१) अख्तियारका पूर्व आयुक्त दीप बस्न्यात
२) भाटभटेनी सुपरमार्केटका सञ्चाकल मीनबहादुर गुरुङ्ग
३) नेकपाका नेता विष्णु पौडेल
४) गोयल समूह
५) चाचन ग्रुप
६) केडिया ग्रुप
७) शारदा ग्रुप
८) रामकुमार सुवेदी
९ गोपाल खनाल ।
माथि उल्लेखित व्यक्तिहरु र उनीहरुका निवास विप्लव समूह थ्रेटमा परेका कारण प्रहरीले सुरक्षा सर्तकता अपनाएको छ । साथै एनलेस टावर राखिएका ठाउँका साथै उच्च व्यापारिक घरानाहरुको निवास र कार्यालयलाई पनि प्रहरीले सुरक्षा सतर्कता अपनाएको छ ।

प्रतिक्रिया