शुक्रबार, वैशाख २८, २०८१

चीनमा नयाँ भाइरसबाट संक्रमितको संख्या बढ्दै

नेपालखोज २०७६ माघ ४ गते १०:१६

एजेन्सी । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएपनि बेलायती वैज्ञानिकहरुले एक हजार सातसय भन्दा बढी संक्रमित रहेको आशंका गरेका छन् ।
गत डिसेम्बरमा चीनको वुहान शहरमा देखा परेको भाइरसबाट दुई जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो पटक गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षिय वृद्धाको मृत्यु भएको बताइएको छ ।नयाँ रोगको भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि चीनले विानस्थलमा चेकजाँचमा कडाइ गरेको बीबीसीले जनाएको छ ।

नयाँ वर्ष मनाउनका लागि आगामी हप्ता चीन र अरु एशियाली मुलुकबाट लाखौं मानिसको चहलपहल हुने भएकाले संक्रमण थप फैलन सक्ने आशंका गरिएको छ ।
वुहानको भ्रमण गरेर स्वदेश फर्किका आफ्ना केही नागरिकमा उक्त भाइरसको संक्रमण देखिएको थाइल्याण्ड र जापानले दावी गरेका छन् ।

प्रतिक्रिया