शुक्रबार, चैत १६, २०८०

मिल सञ्चालकले किसानको बाँकी रकम अझै बुझाएनन्, ३ दिनभित्र बाँकी रकम नदिए काठमाडौँ आएर आन्दोलन गर्ने चेतावनी

नेपालखोज २०७६ माघ ४ गते १२:२४

४ माघ, काठमाडौं । प्रतिवद्धता अनुसारको समय सकिन तीन दिन मात्र बाँकी भए पनि चिनी मिल सञ्चालकले तिर्नुपर्नेमध्ये आधा रकम मात्रै तिरेको उखु किसानले बताएका छन् ।

चिनी मिल सञ्चालकले माघ ७ गतेभित्र किसानलाई दिन बाँकी सबै रकम तिर्ने सहमति जनाएकोमा अझै २२ करोड रुपैयाँ तिर्न बाँकी रहेको किसानले बताएका छन् । जसमध्ये वागमती चिनी मिलले ९ करोड, इन्दिरा चिनी मिलले ९ करोड र लुम्बिनी चिनी मिलले ४ करोड रुपैयाँ किसानलाई दिन बाँकी छ ।

बक्यौता उठाइदिन आग्रह गर्दै उखु किसानले काठमाण्डौमा २ हप्ता प्रदर्शन गरेपछि सरकारले चिनी मिल सञ्चालकलाई १५ दिनमा सबै रकम भुक्तानी दिने प्रतिबद्धतासहित किसानसँग ५ बुँदे सहमति गरेको थियो ।

अबको तीन दिनमा बाँकी पैसा नपाए फेरि काठमाण्डौ गएर आन्दोलन गर्ने तयारी गरिएको सर्लाहीका उखु किसान राजेश यादवले बताए ।

प्रतिक्रिया