बिहीबार, वैशाख १३, २०८१

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

नेपालखोज २०७६ माघ ५ गते ६:५४

५ माघ, काठमाडाैं । आउँदो गणतन्त्र दिवसको दिन अर्थात २०७७ जेठ १५ गतेदेखि सर्वसाधारणका लागि गणतन्त्र स्मारक खुला गरिने भएको छ ।

सरकारले स्मारक नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेपछि १२ औं गणतन्त्र दिवसको दिन सो स्मारक खुला गर्ने तयारी सुरु गरिएको हो ।

निर्माण सम्पन्न भएको ७ वर्षपछि हस्तान्तरण भएको स्मारकलाई व्यवस्थापन गर्न कम्तिमा पनि तीन महिना लाग्ने भएकाले सोही अनुसार तयारी सुरु भएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

शहरी विकास तथा भवन निर्माण विभागले २०६९ चैतबाट गणतन्त्र स्मारक निर्माण गर्न सुरु गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

प्रतिक्रिया