शुक्रबार, भदौ २८, २०८१

चीनले भन्यो- अमेरिकाले आन्तरिक मामिलामा हस्तक्षेप गर्‍यो

नेपालखोज २०७९ जेठ १४ गते ११:५७

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको अभिव्यक्तिप्रति चीन आक्रोशित भएको छ । सुरक्षा दृष्टिकोण सम्बन्धी अमेरिकाको अभिव्यक्तिको चीनले आलोचना गरेको हो ।

अमेरिका र चीनका उच्च अधिकारीबीच बेलाबेला विभिन्न अभिव्यक्तिलाई लिएर तनाव हुने गरेको छ । चीनको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप र विदेश नीतिलाई बदनाम गर्न खोजेकाे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले टिप्पणी गरेका छन् ।

बिहीवार मात्रै अमेरिकी विदेशमन्त्री ब्लिंकनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको बढ्दो प्रभाव सन्तुलित गर्नुपर्नेमा जोठ दिएका थिए । ब्लिंकनले चीनले ताइवानमाथि तनाव बढाएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया