शुक्रबार, वैशाख १४, २०८१

शेयर बजारको दैनिक औसत कारोबार रकम बढेर एक अर्ब ३३ करोड

नेपालखोज २०७६ माघ ५ गते १५:३०

५ माघ, काठमाडौं । पछिल्ला केही दिनयता नेपाली शेयरबजारको अवस्था सुध्रदै गएको देखिन्छ । लामो समयसम्म ओरालो लागेको शेयर बजार गतसातादेखि बढ्दो क्रममा देखिएको छ । नेपाल स्टक एक्सचेञ्जको बृद्धिदर र उपसूचकहरुको बढ्दो अवस्थालाई हेर्ने हो भने अहिले उत्पादनमूलक क्षेत्र, वैकिङ्ग, विकास वैक, होटल तर्फको उपसूचक बढ्दै गईरहेकाले यसतर्फ शेयरमा आकर्षण बढ्ने देखिएको  छ ।

शेयर विश्लेषकहरुका अनुसार नेप्सेको ५ दिने र २० दिने सूचाँक फरक हेर्ने हो भने ७३.८७ अंक फरक देखिनुले शेयरबजारमा आशा बढ्दै गईरहेको छ । यसले नेप्सेका बृद्धिदर ५.६४ प्रतिशत बढेको देखिन्छ ।

वैकिङ्ग समूहको ५.१७ प्रतिशत नेप्से सूचकसँग अन्तर देखिएको छ भने विकास वैक ५.१३, होटलको ५.०६ र म्युचुअल फण्डको ३.४९ प्रतिशत देखिन्छ । आजको दिनमा देखिएको यी सवै उपसमूहका परिसूचकहरु बढ्ने संकेतका रुपमा लिन सकिन्छ ।

शेयर बजार बढेसँगै लगानीकर्ताहरू कहिले वाणिज्य बैंक तथा कहिले लघुवित्त समूहहरुमा आकर्षित हुने गरेका छन्। अधिक आकर्षणका कारण केही उपसमूहहरुको सचूकहरु उल्लेख्य बढेको छ भने केहीको बढ्न बाँकी रहेको छ। यही नेप्सेको फरकदरको तुलनामा केही उपसचूकहरुको फरक दर सोभन्दा बढी रहेको छ भने केहीको फरक दर सोभन्दा कम रहेको छ।

५ दिने र २० दिने मुभिङ एभरेजको फरक सबैभन्दा बढी व्यापार उपसमूहमा देखिएको छ। सो उपसमूहमा यी दुई बिचको फरक १००.३१ अंक रहेको छ। यो यस उपसूचकको हालको विन्दुको ११.५५ प्रतिशत हो। अर्थात् यस उपसमूहको फरकदर नेप्सेको फरकदर भन्दा बढी हो। त्यसै गरी, लघुवित्त उपसमूहको फरक २३४.५६ अर्थात् ११.३३ प्रतिशत रहेको छ। निर्जीवन बिमा, जीवन बिमा, जलविद्युत र वित्त उपसमूहको यस्तो फरक नेप्सेको फरक प्रतिशतभन्दा बढी रहेको छ।

दैनिक कारोबार रकममा पनि सुधार देखिन थालेको छ। गत साता दैनिक औसत कारोबार रकम बढेर एक अर्ब ३३ करोड रहेको छ । पछिल्लो २० दिनको औसत कारोबार रकम भने ८० करोड रहेको छ ।

प्रतिक्रिया