शुक्रबार, चैत १६, २०८०

८ अंकले नेप्से बढ्दा ८८ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच

नेपालखोज २०७९ जेठ १२ गते १५:४२

काठमाडौं । नेप्से आज पनि बढेको छ । अघिल्लो दिन १४ दशमलव ३७ अंकले बढेको नेप्से साताको चौथो कारोबार दिन आज बिहीबार पनि आठ दशमलव तीन अंकले बढेर २२ सय ३९ दशमलव ६० अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंकले बढेर चार सय ३६ दशमलव ४७ अंकमा पुगेको छ ।

दुई सय २२ कम्पनीको १८ हजार आठ सय आठपटकको कारोबारमा २३ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ८८ करोड ९८ लाख ३४ हजार नौ सय नौ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा पाँचको सूचक घटेर आठ समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव शून्य दुई अंकले बढेर १५ सय ५४ दशमलव ९५ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि सात दशमलव ४३ अंकले बढेर नौ हजार पाँच सय ५० दशमलव ९१ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि ८९ दशमलव ८८ अंकले बढेर १० हजार आठ सय ५८ दशमलव ३८ अंकमा पुग्दा लघुवित्त, ट्रेडिङ, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने आज सात दशमलव ३९ अंकले घटेर ३८ सय ५० दशमलव ८९ अंकमा झर्दा जलविद्युत् समूहको सूचक पनि चार दशमलव तीन अंकले घटेर २५ सय ८२ दशमलव १९ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन र अन्य समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज मेगा बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ४७ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ४७ प्रतिशतले घटेर ११ सय पाँच रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज मेगा बैंकको प्रतिकित्ता दुई सय ४७ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा पाँच करोड ४२ लाख १४ हजार चार सय ६२ रुपैयाँ ९० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया