बिहीबार, चैत १५, २०८०

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, चार राज्यमन्त्रीले लिए सपथ

नेपालखोज २०७६ माघ ५ गते १६:३८

विराटनगर । प्रदेश नम्बर १ को मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आईतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनको मन्त्रिपरिषद्मा ४ जना राज्यमन्त्रीले सपथ ग्रहण गरे ।

राज्यमन्त्री हुनेमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन् ।

राईले गुरुङलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिएका छन् भने मगरलाई भूमि कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिएका छन् । यसैगरि गजमेरले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।

प्रदेश सरकार गठन भएको दुई वर्ष भैसकेको भएपनि यस प्रदेशमा भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री हालसम्मपनि नियुक्त हुन सकेको छैन ।

प्रतिक्रिया