बिहीबार, वैशाख १३, २०८१

बार्षिकोत्सवको पूर्वसन्ध्यामा  यस्तो भने कृषि विकास बैंकका सिईओले ?

नेपालखोज २०७६ माघ ५ गते १७:०१

काठमाडौँ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले साना किसान विकास आयोजनाहरुमा सहयोगकालागि कृषि विकास बैंक सधै तत्पर रहेको बताएका छन् । आफ्नो ५३ औँ बार्षिकोत्सवको पूर्वसन्ध्यामा आईतबार पत्रकारसँग भेट गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकारसँगको भेटमा उनले बैंकका भावि योजनाहरुका बारेमा जानकारी गराएका थिए । उनले कृषि क्षेत्रमा वर्तमान नीतिगत पक्षमा केहि सुधारको खाँचो औल्याउँदै सही लगानीकालागि बैंकले विशेष रणनीतिक योजनाहरु तयार पारेको समेत जानकारी दिए ।

२०२४ साल माघ ७ गते स्थापना भएको कृषि बैंकले पर्सी (मंगलबार) आफ्नो ५३ औँ वार्षिकोत्सव मनाउँदैछ ।

प्रतिक्रिया