बुधबार, वैशाख २६, २०८१

नेपाल फाईनान्सको १६ करोड ९७ लाख रुपैयाँको हकप्रद मंसिर ४ गतेबाट

नेपालखोज २०७७ कार्तिक १६ गते १३:५७

काठमाडौं । नेपाल फाईनान्सले १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यही मंसिर ४ गतेबाट एक बराबर एकको अनुपातमा एक सय रुपैंयाँ अंकित मुल्य कायम रहने गरी १६ लाख ९७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

अधिकृत पुंजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुंजी ३० करोड ५० लाख ५१ हजार एक सय २५ रुपैयाँ रहेको छ । हाल चुक्ता पुंजी १३ करोड ५८ लाख ५ सय रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चात ३० करोड ५० लाख ५१ हजार एक सय २५ रुपैयाँ पुुग्ने छ । सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक प्रभुु क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य मंसिर २४ गते बन्द हुुने छ ।

प्रतिक्रिया