शनिबार, वैशाख १३, २०८२

हाथवेको प्रवन्ध निर्देशकमा नुमनाथ पौडेल

नेपालखोज २०७६ माघ ५ गते १७:०२

५ माघ, काठमाडौं । लगानी क्षेत्रमा आफूलाई सक्रिय तुल्याउँदै आईरहेको हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको नयाँ प्रवन्ध निर्देशक नुमनाथ पौडेल भएका छन् । कम्पनीको एघारौ साधारणसभाले प्रवन्ध निर्देशकमा पौडेललाई नियुक्ति गरेको हो । कम्पनीको एघारौ साधारणसभाले प्रवन्ध निर्देशकमा पौडेललाई नियुक्ति गरेको हो ।

एघारौं बार्षिक साधारणसभामा हाथवे इन्भेष्टमेण्टले गत आर्थिक वर्षमा गरेका प्रगतिका बारेमा समिक्षा गरिएको थियो । कम्पनीले पेश गरेको दुई आर्थिक वर्षको तुलनात्मक वित्तिय विवरणमा गत आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले नाफा आर्जन गर्न नसकेपनि वित्तिय अवस्था सन्तोषजनक रहेको जनाएको छ । विशेष गरी नेपाली पूँजी बजारमा खासै ठोस दिशा लिन नसक्दा लगानी कर्ताहरुको लागि आव सन्तोषजनक नरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आवको अन्त्यसम्म सूचिकृत साधारण शेयरमा कुल लगानीको ५४.०९ प्रतिशत र सूचिकृत नभएका संस्थापक शेयरमा १५.७१ प्रतिशत, सूचिकतृ संस्थापक शेयरमा ११.६८ प्रतिशत घर तथा जग्गामा ११.४५ प्रतिशत, व्यापारिक मौज्दाताको रुपमा रहेका जग्गामा ७.०८ प्रतिशत लगानी गरेको समेत जनाएको छ ।

प्रतिक्रिया