शनिबार, माघ १२, २०८१

जबर्जस्ती करणी मुद्दामा विकलाई १२ वर्ष कैद

नेपालखोज २०७६ माघ ६ गते ७:१८

६ माघ, काठमाडाैं । जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो ।

Advertisement

गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई रु एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । पीडितलाई क्षतिपूर्तिबापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ । अभियुक्तविरुद्ध गत साउन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया