सोमबार, साउन ७, २०८१

सेवासुविधाको रकम शैक्षिक सुधारमा

नेपालखोज २०७६ माघ ६ गते ९:२९

६ माघ, याग्दी । याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको एक विद्यालयमा आफ्नो पारिश्रमिकबाट अक्षयकोष स्थापना गरेका छन् ।

गाउँपालिका–४ स्थित नारच्याङमा रहेको नारच्याङ आधारभूत विद्यालयमा उनले पछि थप गर्ने गरी रु ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालयको ५८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा हालै आयोजित कार्यक्रममा गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई सघाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जानकारी दिइयो ।

अध्यक्ष पुनले सरकारबाट पाउने सेवासुविधाबापतको रकम शैक्षिक क्षेत्रमा खर्च गर्ने गरेको जानकारी दिए ।

प्रतिक्रिया