शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय सभा निर्वाचन : आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, आज मात्रै प्रचारप्रसार गर्न पाइने

नेपालखोज २०७६ माघ ६ गते ९:४४

६ माघ, काठमाण्डौ । आउँदो बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनका लागि मौन अवधि सोमबार आज रातिदेखि सुरु हुँदैछ ।

सोमबार आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले आज दिनभर मात्रै चुनावको प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले जनाए््को छ । निर्वाचन आचारसंहिता अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ ।

मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर मत माग्न र चुनाव प्रचारप्रसार लगायत चुनाव, मतदाता र मतदानलाई प्रभाव पार्ने कुनै पनि काम गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा १८ जना सदस्यका लागि सातै वटा प्रदेशमा आउँदो बिहीबार चुनाव हुँदैछ । चुनावमा प्रदेशसभाका सांसद तथा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

प्रतिक्रिया