शुक्रबार, वैशाख १४, २०८१

सभामुख चयन माघ १२ गते, जेष्ठ सदस्य महन्थ ठाकुरले बैठक सञ्चालन गर्ने

नेपालखोज २०७६ माघ ६ गते १५:१९

६ माघ, काठमाण्डौ । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया माघ १२ गते हुने भएको छ । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको हो ।।

आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बसेर औपचारिक रुपमा सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी छ ।

उपसभामुखले राजीनामा दिएपछि निर्वाचन प्रक्रियासम्म ज्येष्ठ सदस्यले सभामुखको रुपमा सभा सञ्चालन गर्नेछन्। प्रतिनिधिसभामा ज्येष्ठ सदस्य महन्थ ठाकुर छन्। उनले पनि राष्ट्रपतिसमक्ष ३ बजे शपथ लिने कार्यक्रम तय भएको छ ।

नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्‍नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’मा प्रवेश गर्न पाएको छैन। सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो।

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख विहीन छ । नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ । अरु दलले भने सभामुखमा उमेदवारीबारे निर्णय गरिसकेका छैनन् ।

प्रतिक्रिया