प्रधानमन्त्री ओली र समकक्षी मोदीले एकीकृत जाँच चौकीको एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने
नेपालखोज
२०७६ माघ ७ गते ८:३१
७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार आज ‘भिडियो कन्फ्रनेन्स’मार्फत एकैसाथ मोरङको विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गर्दैछन् ।
एक अर्ब १४ करोड रुपैयाँ लागतमा भारतले यो जाँचचौकी निर्माण गरिदिएको हो । भारतले निर्माण सम्पन्न गरेको जाँचचौकीलाई दुवै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
ओली र मोदीले स्वीच थिचेर उद्घाटन गरेपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र त्यहाँबाट नेपालतर्फ ट्रक भित्रने छ । भारतको सिमाना नजिकै १२९ विघा क्षेत्रफलमा जाँचचौकी निर्माण गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया