११ अंकले घट्यो नेप्से, सात अर्ब ८५ करोडकाे काराेबार

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोबार रकम साताको अन्तिम कारोबार दिन भने घटेको छ । नेप्से आज ११.१० अंकले घटेर २ हजार ६५४.३५ अंकमा खुम्चिएको छ ।
३१८ कम्पनीको ८४ हजार सात पटकको कारोबारमा एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर किनबेच हुदाँ कुल कारोबार रकम सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार हुँदा दुइ वटा समूहको सूचक बढेर बाँकी समूहको सुचक घटेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक ४५.८८ अंकले बढेर पाँच हजार ५६०.९६ अंकमा पुगेको छ भने उत्पादनमुलक समूहको सूचक ०.३५ अंकले बढेको छ ।
वाणिज्य बैंक समूहको सूचक भने आज ८.४१ अंकले घटेर १ हजार ३५०.७४ अंकमा पुगेकोमा जलबिद्युत समूहको सूचक २०.५७ अंकले घटेर तीन हजार ७०६.६२ अंंकमा पुगेको छ ।
जीवन बिमा समूहको सूचक २.३५ अंकले घटेर १३ हजार ७४.३० अंकमा पुगेकोमा निर्जीवन बिमा समूहको सूचक ९४.९२ अंकले घटेर १२ हजार ७८८.९६ अंकमा पुगेको छ ।
यसैगरी फाइनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज सामुदायिक लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कमाउँदा सुपर मादी हाइड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
प्रतिक्रिया