शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस संसदीय दलको बैठक बस्दै, सभामुख र उपसभामुख उम्मेदवार चयनबारे छलफल गर्ने

नेपालखोज २०७६ माघ ७ गते ८:४२

७ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान आज ९ बजेका लागि बोलाइएको छ । मंगलबार आज संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने छ ।

बैठकमा सभामुख र उपसभामुख उम्मेदवार चयन, निर्वाचनमा दलहरुसंँग सहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दिनेरनदिने र उम्मेदवारलाई समर्थन जुटाउन दलहरुसँग सहकार्य गर्ने विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिको बैठक बोलाइएको जानकारी दिइन् ।

संसदीय दल कार्यसमितिमा ३० सांसद छन् । निर्वाचनपछि दलको कार्यसमितिको बैठक पहिलो पटक बोलाइएको हो ।

प्रतिक्रिया