शुक्रबार, जेठ ११, २०८१

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाँक्रीको आग्रह

नेपालखोज २०७८ चैत ४ गते १६:१२

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहेपनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताएकी हुन ।

शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधि सँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडिबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन । उनले भनिन्, हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन् । सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ । एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस हाम्रो चाहना छ ।’

मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन् । उनले भनिन् , नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुध काम गरिरहेको र विकास निर्माणको योजनामा जनताले धेरै काम गरिेरहेका छन् । हामीसँग सीमित बजेटले गर्दा धेरै काम गर्न सकिरहेका छैनौ।’

पूर्वाधार विकास भइरहेको हाल काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाँक्री र एडिबीका प्रतिनिधिबीच छलफल भएको हो । छलफलमा मनिलास्थित एडीबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालय सँग आफूहरू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नुपर्नेमा ध्यान दिनुपर्ने बताईन । उनले सहरीकरणको गुजरात मोडल अनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिईन् । हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समिक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिएका छन् ।

कार्यक्रममा सहरी विकास मन्त्री, एसियाली विकास बैंक एडिबीका मनिलास्थित केन्द्रीय कार्यालयका महानिर्देशक बीच नेपालमा एडीबीको लगानीमा भइरहेका कामहरूको समीक्षा र भविष्यमा कुन–कुन योजनामा सहकार्य गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो ।

छलफलमा एडिबीका महानिर्देशक र नेपालस्थित एडिबीका प्रतिनिधि तथा सहरी विकास मन्त्रालयको तर्फबाट मन्त्री रामकुमारी झाँक्री, सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पधकुमार मैनाली , मन्त्रालयका सह–सचिव प्रकीर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया