शुक्रबार, वैशाख १४, २०८१

भ्रमण वर्ष २०२० भित्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

नेपालखोज २०७६ माघ ७ गते १३:५७

७ माघ। काठमाडौं । विराटनगरमा रहेको एकीकितृ भन्सार चौकीको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले भिडियो कन्फरेन्स मार्फत उद्घाटन पश्चात मोदीले आफू नेपाल भ्रमणमा आउने जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोदीले नेपाल सरकारले शुरुवात गरेको भ्रमण वर्ष २०२० को अवसर पारेर आफू नेपाल भ्रमणमा आउने र नेपाल र नेपालीको दर्शन गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मालेसँग भिडियो सम्वाद गर्दै मोदीले एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताए।

रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र गत वर्ष वीरगञ्जमा जाँचचौकीको सञ्चालन गरिएको स्मरण गर्दै उनले आगामी दिन पनि अन्य कुनै स्थलमा एकीकृत जाँचचौकीको निमार्ण गरिने बताएका छन् ।

प्रतिक्रिया