बुधबार, वैशाख ५, २०८१

धादिङमा बस दुर्घटना: ६ जनाको मृत्यु

नेपालखोज २०७६ माघ ७ गते १७:३७

७ माघ, धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु बसेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका स्थानीय चढेको आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको बताइएको छ ।

ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किदै गरेको ट्रक निलकण्ठ नगरपालिका ९ मैलीभञ्ज्याङमा सडकमै पल्टिएको हो। ट्रकमा करिब ४० यात्रु सवार रहेको अनुमान गरिएको छ। तीब्र गतिका कारण आइचर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दर्जनौ यात्रुसँगै चालक गम्भीर घाइते छन्। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।

प्रतिक्रिया