सातै प्रदेशमा बिहानैदेखि वर्षा, भारी वर्षाकाे सम्भावना कति ?

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दामाथि अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको विभागले जनाएकाे छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थनमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया