शनिबार, माघ १२, २०८१

विशेष कार्यक्रमसहित शनिवार हनुमन्ते नदी सफाइको १००औं हप्ता मनाइँदै

नेपालखोज २०७६ माघ ८ गते १७:२८

८ माघ, भक्तपुर । जिल्लाको ऐतिहासिक महत्वको बोकेको हनुमन्ते नदी सरसफाइ अभियानको १०० औं हप्तामा विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

Advertisement

आउँदो शनिवार विहान ७ः०० बजे भक्तपुरको राधे–राधेमा विशेष समारोहका बीच आयोजना हुने कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व उद्योगमन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेत लगायत विशिष्ट व्यक्तिहरुको उपस्थित रहने हनुमन्ते नदी सरसफाइ अभियानले जनाएको छ ।

‘उठौं, जागौं, हनुमन्ते नदी सफाईमा सबै लागौ’ भन्ने मूल नारासहित आयोजना हुने उक्त समारोहमा हरियाली प्रबद्र्धन एवं सोलार बत्ती जडानको उद्घाटन समेत गरिने अभियानका संयोजक सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिए ।

सय हप्ता अगाडि प्रतिनिधि सभाका सदस्य महेश बस्नेतको अगुवाईमा भक्तपुर जिल्लाकै ऐतिहासिक हनुमन्ते नदी सफाइ अभियान सुरु भएको थियो । हरेक हप्ता नदी सरसफाई हुँदै आएको उक्त अभियानमा नागरिक समाज, बुद्धिजिवि, कलाकार, समाजसेवी, शिक्षक, विद्यार्थी, सुरक्षा निकाय लगायत विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागिता रहँदै आएको छ ।

प्रतिक्रिया