शुक्रबार, वैशाख १४, २०८१

वुहानमा सार्वजनिक यातायात बन्द, १७ जनाको मृत्यु

नेपालखोज २०७६ माघ ९ गते ९:५१

एजेन्सी । चिनियाँ सहर वुहानमा सार्वजनिक यातायात अस्थायी रुपमा बन्द गरिएको छ । अहिले विभिन्न देशमा फैलिएको कोरोना भाइरसको उत्पत्ति वुहानमा नै भएको मानिएको छ ।

सो सहरमा भएका नागरिकलाई अन्यत्र नजान सल्लाह दिइएको छ । उनीहरु लुनार नयाँ वर्षको अवसरमा विभिन्न स्थानमा जान चाहन्थे ।
स्वासप्रस्वास सम्बन्धी यो संक्रमणको समश्या चीनका विभिन्न भागमा फैलिएको छ ।

अमेरिका, जापान, थाइल्याण्ड र दक्षिण कोरियामा समेत यस खालको समस्या देखिएको छ । अहिले सम्म ५०० मानिसलाई संक्रमण भएको र १७ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया