बुधबार, जेठ २, २०८१

सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए

नेपालखोज २०८० असार २ गते १७:४१

मनिला । फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ ।

अगुसान डेल नोर्टे प्रान्तको बुटुआन शहरको बाहिरी भागमा शुक्रबार न्यि पिपुल्स आर्मी (एनपिए) र सेनाबीच भीडन्त भएको थियो । एनपिए विद्रोही सन् १९६९ देखि सरकार विरुद्ध लड्दै आएका छन् । तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गर्ने गरेका छन् ।

सैन्य तथ्याङ्कअनुसार एनपिएमा २,००० सदस्य छन् जुन सन् १९८० को दशकतिरभन्दा अहिले निकै कमजोर भएको छ ।

प्रतिक्रिया