बुधबार, असार १८, २०८२

प्रहरी हवल्दारमा २७ जना बढुवा

नेपालखोज २०७६ माघ ९ गते १५:३८

९ माघ, काठमाण्डौ । प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा २७ जना बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको आदेशमा प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका हुन् । बढुवा भएका प्रहरी हवल्दारहरुलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दर्ज्यानी चिन्हद्वारा प्रदान गरेका छन् ।

कार्यक्रममा प्रमुख प्रहरी उपरीक्षक ढकालले पदोन्नती भएका प्रहरी हवल्दारहरूलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी सबैको भरोसाको केन्द्र भएकोले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न थप जिम्मेवार र लगनशील भई तोकेको दायित्व पूरा गर्न निर्देशन दिए।

उनले कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दे भने, ‘विगतका नराम्रा बानी भए सबै छोडनुस्, नयाँ काम गर्न थप उर्जाका साथ तयार र एकजुट हुनुस्, जनताको मन जित्ने काम गर्नुहोस् ।’

प्रतिक्रिया