शनिबार, वैशाख १३, २०८२

समुन्नति वीमा योजनामा फाइदा नै फाइदा

नेपालखोज २०७६ माघ ९ गते १६:१५

९ माघ, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले ल्याएको समुन्नति बीमा योजनामा ग्राहकहरुका लागि निकै नै फाइदा हुने भएको छ ।

ग्राहकहरुको आकस्मिक जोखिम न्यूनिकरण गरी आर्थिक सुरक्षका लागि कम्पनीले ल्याएको समुन्नति योजनामा प्रत्येक वर्ष प्रिमियमको ५ प्रतिशत रकम वीमाकर्ताले फिर्ता पाउने गरी योजना ल्याएको इन्स्योरेन्सका उप कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले बताएका छन् ।

लामिछानेका अनुसार हरेक वर्ष ५ प्रतिशत प्रिमियम फिर्ता पाउने व्यवस्था गरेका कारण ग्राहकहरुका लागि निकै नै फाइदा पुग्ने छ ।
१६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका व्यक्तिलाई लक्षित गरी यो योजन ल्याएको उनले लामिछानेले बताए ।

प्रतिक्रिया