बिहीबार, चैत १५, २०८०

प्रशासनले अनुमति दिएपछि मनाङे पक्राउ परे

नेपालखोज २०७६ माघ ९ गते १६:३४

९ माघ। कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ गर्न अनुमति दिए लगत्तै गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई प्रहरीले पक्राउ गरेको छ ।

मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङले प्रदेश सांसद मनाङेले दुर्व्यवहार गरेको उजुरी बुधबार दिएका थिए । सोही उजूरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो ।

मुख्यमन्त्री कप फुटबल उद्घाटन समारोहमा भनाभन हुँदा मनाङेले मिलनलाई झापड हानेका थिए । बुधबार मिलन र मनाङेले पत्रकार सम्मेलन गर्दै आ–आफ्नो बचाउ गरेका थिए । मनाङेले गठलाई झापड हानेको स्वीकार गरेका थिए भने मिलनले आफूमाथि प्रदेशसभा सदस्यले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया